कपाल फुलेर हैरान हुनुहुन्छ ?



कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर असर पर्ने गर्छ । यही भएर पनि यो समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् ।

आजभोलि बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ । त्यसै कारण प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्यो भने राम्रो हुने विशेषज्ञहरु बताउछन् ।राति ढिलो समयसम्म नसुत्ने , खानपानमा ध्यान नदिने र धेरै तनाव लिने समस्याका कारण आजभोलि जवानीमै मानिसहरुको कपाल फुल्ने गरेको पाइन्छ ।

हाम्रो कपालमा मेलेनिन नामक पिगमेन्ट हुन्छ जसले कपाल कालो वा सेतो हुने भनेर निर्धारण गरेको हुन्छ । कम उमेरमै मेलेनिन बन्न रोकिएपछि जवानीमै मानिसको कपाल सेतो हुन थाल्छ । तर यदि यी प्राकृतिक उपाय अपनाउने हो भने कपाल फुल्नबाट बँच्न सकिन्छ ।

१. अमला पिसेर लगाउने अमला पिसेर रातभर भिजाइ राख्ने अनि बिहान उठेर लगाउने गर्दा  कपाल फुल्न बन्द हुन्छ। यसलाई निरन्तर प्रयोग गरिरहेमा कपाललाई सेतो हुन बाट जोगाउन सकिन्छ ।

२. कालो तिल कालो तिललाई केही समय पानीमा भिजाइदिने अनि लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।

३. काँचो मेवा काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।

४. नरिवलको तेल नरिवलको तेलमा अमला मिसाएर लगाउने गरेमा पनि कपाल चमकदार र स्वस्थ हुन्छ । यसको नियमित प्रयोगले कपाल कालो हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्