को हो व्यवसायी गौचनको हत्यारा ? प्रहरीद्धारा मोटरसाईलको पहिचान, हत्याराको स्केच तयार



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने हत्याराको प्रहरी नजिक पुगेको छ । प्रहरीले हत्याराले प्रयोग गरेको मोटर साईलका बारेमा जानकारी प्राप्त गरीसकेको बताइएको छ । प्रहरीले केही व्यक्तिको स्केच पनि तयार पारीसकेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्नलाई पक्रन प्रहरीले अनुसन्धान तिब्र गतिमा जारी राखेको छ ।

हत्यामा प्रयोग भएको मोटरसाइकलको नम्बर पहिचान गर्न सफल भएको डिआइजी गणेश केसीले जानकारी दिए । सोमबार दिउँसो गौचनलाई गोली हान्न दुई युवकले रातो रंगको पल्सर मोटरसाइकल प्रयोग गरेको अनुन्धानमा देखिएको प्रहरी अधिकारीको भनाई छ ।
घटनास्थलभन्दा करिब २ सय मिटर नै पर मोटरसाइकल रोकी गोली हानी उनीहरु पैदलै मोटरसाइकल भएको स्थानसम्म पुगी मोटरसाइकल चढी भागेका थिए। प्रहरीले बाइकको नम्बर प्लेटको आधारमा मोटरसाइकल धनीको खोजी गरिरहेको छ । डिआइजी केसीका अनुसार मोटरसाइकल पत्ता लागे पनि सही धनी को हो भन्ने खोजि भईरहेको छ । बाइक चोरीको र नम्बर प्लेट पनि नक्कली राखेको हुन सक्ने हुनाले त्यो कोणबाट पनि अनुसन्धान भइरहेको बताइएको छ।
गत पुस ४ गते मनोज पुन समूहले रुपन्देही युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग गरेको बा ५१ प ८०७३ नम्वरको रातो १५० सिसीको पल्सर बाइक चोरीको र नक्कली नम्बर प्लेट भएको फेला पारेको थियो। प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले केही मानिसको स्केच पनि तयार पारेको छ। डिआइजी केसीका अनुसार केही व्यक्तिको स्केच तयार पारीएको छ ।
स्केचको आधारमा थप अनुसन्धान गर्न सहयोग पुग्ने उनले बताए। आर्थिक लेनदेनकै कारण हत्या भएको हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। छानविन अन्तिम चरणको पुगेको भन्दै डिआइजी केसीले हत्यारा चाँडोभन्दा चाँडो पत्ता लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्