डेढ लाख घुससहित उपसचिव पक्राउ



काठमाडौं । दैनिक जसो घुससहित कर्मचारी पक्राउ पर्दा पनि घुस लेनदेन रोकिएको छैन । बिहिबार डेढ लाख घुससहित उपसचिव पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमीसुधार कार्यालय सप्तरीका प्रमुख उपसचिव प्रकाशप्रसाद पोखरेललाई डेढ लाख घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस लिदै गर्दा उनी रंगेहात पक्राउ परेका हुन् । अख्तियारको इटहरीस्थित क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्