सीमा बचाउन भारतीयको कुटाइखाएका यादब र पूर्वमन्त्री एमालेमा प्रबेश



काठमाडौं । भारतको सीमा मिचाईविरुद्ध लड्दै आएका सप्तरी तिलाठीका सीमा रक्षक देवनारायण यादव एमाले प्रवेश गरेका छन् । बिहीवार एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगार्ई यादव एमाले प्रवेश गरेका हुन् ।
गतवर्ष भदौमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँध भत्काउँदा यादवको नेतृत्वमा स्थानीयले प्रतिकार गरेका थिए । भारतीय सुरक्षार्कीले उनलाई कुटपिट गरी घाइते बनाएका थिए । सो घटनापछि सीमारक्षाका नायकका रुपमा उनी चर्चित भए । गत साता मात्र भारतीय प्रहरीले झुटो मुद्दामा उनलाई फसाउने प्रष्यास समेत गरेको थियो । ‘देशको रक्षा गर्ने पार्टी भनेको एमाले मात्र हो, त्यसैले म एमालेमा प्रवेश गरेँ’ यादवले भने ।
त्यस्तै सांसद तथा पूर्वमन्त्री मेघराज निषाध पनि एमाले प्रवेश गरेका छन् ।
मधेस समता पार्टीको अध्यक्ष निषाध एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो । उनले आफ्नो पार्टीलाई बिहीवार नै एमालेमा समाहित गरेको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्