यी ३ तेल अखाद्य रहेको प्रमाणित, प्रयोग गरे क्यान्सरसम्म हुनसक्ने पुष्टी



नेपाल समाचारपत्र,काठमाण्डौँ ।
खाद्य प्रविधि तथा गुण नियन्ज्ञत्रण विभागले तेलको नमुना परिक्षण गर्दा बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको छ । विभागले बेन्जन , शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्रान्डको सनफ्लो, धारा ब्रन्ड, धारा हेल्थ, सिजिको सेफब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाशरु संकलन गरी जाँच गरेकोमा बेन्जन,फेमली र सनफ्लो तेल मापदन्ड विपरित भेटिएको छ ।

बजारमा अखाद्य तेल बेचिराखेको उजुरीका आधारमा गरीएको अनुगमनका क्रममा यस्तो कैफिएत फेला परेको हो ।

एसिड भ्यालु बढीहुँदा अपचको समस्या हुने, छालामा समस्या देखिने, पाचन प्रक्रियामा समस्या देखिने र अन्तत क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् ।

यसरी जनस्वास्थ्य माथि नै खेलबाड हुने गरी तेल बेच्दा पनि यस्तो अखाद्य बस्तु बेच्नेलाई कारबाहि भने निकै फितलो हुने गरेको छ । ऐन अनुसार कमसल अखाद्य बस्तु बिक्री हुँदा सुरुवातमा एक हजार रुपैयाँ मात्र जरिवाना छ । पटकपटक गरे १० हजार रुपैयाँसम्म मात्र जरिवाना हुने प्रवाधान छ ।

निकै नै फितलो कानुन भएकाले पटकपटक गल्ती गर्ने गरेको फेला परेको छ । यसमा विभागकै कर्मचारीको समेत मिलेमतो हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्