डन र डाँकाहरु सांसद बन्दैः यीनै हुन प्रमुख दलले छानेका विवादीत अनुहार



काठमाडौं । डन र डाँकाहरु तथा भ्रष्टाचारीको नेपाली राजनितिमा हालिमुहाली छ । प्रहरीको मोष्ट वाण्टेड सुचीमा रहेका देखी भ्रष्टाचार गरेर जेलको चिसो हावा खाएका सम्मलाई प्रमुख दलले उम्मेदवारको सिफारीस गरेका छन । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरुले विवादित अनुहारलाई उम्मेदवारमा सिफारिस गर्न दलहरु तल्लीन छन । दलहरुको सिफारिस सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट ठहर तथा मुद्दा विचाराधीन भएका व्यक्तिसम्म परेको देखिएको छ । नेपाली कांग्रेसले गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन, भ्रष्टाचारी खुमबहादुर खड्का, गोबिन्दराज जोशी लगायतलाई सिफारिसमा गरेको छ । भने अर्का विवादित व्यक्ति रोज राणा अर्थात् सरोज थापा पनि सूचीमा छन् ।

मिनकृष्ण महर्जनलाई ललितपुर र राणालाई प्युठानबाट प्रदेशसभाको उम्मेदवारका लागि जिल्ला कमिटीले सिफारिस गरीसकेको छ। यस्तै राजनीतिक दल सम्बन्धी ऐन र संविधानले समेत उम्मेदवारका लागि अयोग्य ठहर गरेका खुमबहादुर खड्कासमेत सिफारिसमा परेका छन् ।

नेपाली कांग्रेस दाङले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट सिफारिस गरेको छ । तनहुँबाट गोविन्दराज जोशी पनि सिफारिसमा परेका छन् । उनी तनहुँ–१ का लागि सिफारिसमा परेका हुन् । जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा फैसलाको पालो पर्खेर बसेको छ ।

एमालेले आफ्नो चुनावी मापदण्डमा सार्वजनिक आचरण राम्रो भएको र संविधान र कानुन अनुसार उम्मेदवार हुन योग्य व्यक्ति सिफारिस गर्नुपर्ने भनेपनि एमालेले पनि गुन्डा नाइके दीपक मनाङ्गेलाई मनाङबाट प्रदेशसभा उम्मेदवारको लागि सिफारिस गरेको छ । उनलाई जिल्ला कमिटी मनाङले सिफारिस गरेको हो ।

एमालेबाट सिफारिस भएका दीपक मनाङेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा किनारा लागेको छैन । कांग्रेसका मिनकृष्ण महर्जनको अपहरण र फिरौती सम्बन्धी मुद्दा जिल्ला अदालत ललितपुरमा कायमै छ ।

मनाङेपछि उम्मेदवार हुने दौडमा काभ्रेका गुन्डा नाइके गणेश लामा पनि छन् । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालका केन्द्रीय समितिमा रहेका लामा काभ्रेबाट सिफारिसमा पर्न लागिपरेको स्रोतले दावि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्