अबको टार्गेटमा ब्यबसायी रामशरण देउजा, व्यापारीलाई फोनमा थर्काउने बढेपछि प्रहरी हायलकायल



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई फोनमा धम्की आएको बताइएको छ । मंगलबार नम्बर नदेखिने गरी तारन्तार फोन आएको उनि निकट स्रोतले बताएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित ब्यापारीलाई फेरी धम्कीको फोन आएको हो । पैसा असुल्ने नियतले फोन आएको हुन सक्ने आशंका छन ।
लवज मंगोलियन भएको ब्यक्तिबाट फोन आएको र आवाज त्यति प्रष्ट नभएको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले बताएका छन ।

सोमबार दिउँसो बानेश्र खरीबोट नजिकै घरबाट अनामनगरमा रहेको महासंघको कार्यालय हिँडेका गौचनको गोली हानेर हत्या भएपछि निर्माण व्यवसायीलाई त्रशित बनेका छन । त्यसैमाथी तारन्तार फोन कल आइरहेको छ । प्रहरीले पनि अनुसन्धान गरीरहेको बताएको छ । तर हत्यारा अझै पत्ता लाग्न सकेको अबस्था छैन । बुधबारसम्म १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेका छन् । व्यवसायी, प्रहरी र सञ्चारकर्मीलाई आएको फोनको आधारमा स्थान पहिल्याउँदा सबै कल भारतबाट आएको देखिएको अनुसन्धान सम्बद्ध स्रोतले बताएको छ । सबै कल इन्टरनेटमार्फत आएकोले पहिचान गर्न समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्