व्यवसायी गौचन हत्याको विरोधमा ताप्लेजुङमा निर्माणको काम ठप्प, व्यवसायी आन्दोलित



रविन भट्टराई,ताप्लेजुङ  ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा निर्माण व्यवसायीहरूले ताप्लेजुङ सहित देशभरका निर्माण कार्य ठप्प पारेका छन् । महासंघको सोमबार साँझ बसेको बैठकको निर्णय बमोजिम ताप्लेजुङका व्यवसायिले पनि बोलपत्र बहिष्कार गर्दै निर्माणका काम ठप्प पारेका हुन ।

निर्माण व्यवसायी संघ ताप्लेजुङले बुधबार विहान सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गौचनको हत्यारा तत्काल पहिचान गरी कारबाही गर्न सरकार सँग माग समेत गरेको छ । उनिहरुले हत्यारालाई कानुनि दायरामा नल्याए सम्म कुनै पनि निर्माणको काम गर्ने समेत बताएका छन् ।

निर्माण व्यवसायि संघ ताप्लेजुङका अध्यक्ष रणबहादुर कार्किले राष्ट्र विकासको अभियानमा नेपालका निर्माण व्यवसायस्हरुको भुमिका प्रति शान्ति शुरक्षाको प्रत्याभुदि नभएकाले बाध्यभएर आन्दोलित बन्नुपरेको बताउनुभयो ।

व्यवसायी महाँसंघको बैठकले २४ गते देखि २६ गते सम्म सबै काम बन्द गर्ने निर्णय बमोजिम देशभर आन्दोलनका कार्यक्रम जारी रहेको समेत अध्यक्ष कार्किले बताउनुभयो । काम बन्द साहित विहिबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा हत्यारालाई पहिचान गरी कारवाहिको माग गर्दै ज्ञापन पत्र समेत बुझाउने तयारी रहेको व्यवसायी संघ ताप्लेजुङले जनाएको छ ।

गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्