५ नम्बर प्रदेशका लागि स्थापना गर्न लागिएको बहुचर्चीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना



नेपाल समाचारपत्र, काठमाडौं ।
अन्ततह निकै लामो कसरत पश्चात बहुचर्चीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना हुने भएको छ । संसदले मंगलबार प्रतिष्ठान सम्बन्धी बिधेयक बहुमतले पारीत गरेपछि दाङको घोराही उपमहानगरपालीमा प्रतिष्ठान स्थापनाको औपचारीक बाटो खोलेको छ ।

प्रतिष्ठान सरकारले प्रदेश नम्बर पाँचका लागि स्थापना गर्न लागेको हो । सरकार र डा गोविन्द केसीबीच हरेक प्रदेशमा सरकारले एक मेडिकल कलेज स्थापना गर्ने सहमती भएको थियो । बिधेयक पारीत भएसंगै राप्ती उपक्षेत्रीय अस्पताल बिकास समिती खारेज भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्