गौचनको हत्या आशंका: आज सम्म १८० जना नियन्त्रणमा



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि सोमबारदेखि मंगलबार बिहानसम्ममा प्रहरीले उपत्यकाबाट १८० जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाण्डौं, ललितपुर र भक्तपुरबाट गरी प्रहरीले शंंकापस्द व्यक्तिलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।

महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यका भित्रिने नाका शिल गरी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले काठमाण्डौंबाट १ सय ५३ जना, ललितपुरबाट २४ जना र भक्तपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकालाई आवश्यक सोधपुछ भइरहेको कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले बताए । प्रहरीले राजधानीबाट नै सोमबार दिउँसो हतियारसहित छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्