खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको आदेश



 

नेपाल समाचारपत्र
काठमाडौं
सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ। पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो।

जग्गा खरिदलगायतका विषयमा अनियमितता गरेको आरोपमा मुछिएपछि निगमका कार्यकारी निर्देशक खड्कालाई असोज २ मा बसेको मन्त्रिपरिषद् बैठकले हटाएको थियो। आयल निगमले पेट्रोलियन भण्डरणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरूले कारबाहीका लागि निर्देशन दिएको थियो। सर्वोच्चले सफाईको मौका नदिई बर्खास्त गरेको भन्दै बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्