एमाले र कांग्रेसले दुवै रुकुममा सिफारिस गरे उम्मेदवार !



धनवीर दाहाल, मुसिकोट रुकुम । नेपाली कांग्रेस र नेकपा एमालेले रुकुम पुर्व र रुकुम पश्चिममा उम्मेदवार सर्वसम्मत नभएपछि धेरै जनाको नाम केन्द्रमा सिफारिस गरेका छन् । नेपालीक काँग्रेस रुकुम पश्चिमले अगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको सिफारीस गरेको छ । गत १६ गते देखी बसेको जिल्ला कार्य समिति र क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको लागि २६ नाम सिफारीस गरेको हो । जस अनुसार प्रतिनिधि सभाको प्रत्यक्षका लागि पूर्व राज्य मन्त्री गोपलजि जङ्ग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली, महाधिवेशन प्रतिनिधि यामबहादुर केसी र पूर्व पार्टी उपसभापति विरबहादुर ओलीको नाम सिफारीस गरिएको छ ।

समानुपातिकमा सभापति प्रेम प्रकाश ओली, पूर्व राज्य मन्त्री गोपलजि जङ्ग शाह र बरिष्ठ अधिवक्ता डा. नवराज गौतमको नाम सिफारीस गरिएको बताएको छ । शाह र ओली मध्ये एक जना प्रत्यक्षमा लड्ने र एक जना सामानुपातिकमा जाने आन्तरीक सहमति अनुसार दुवैको नाम प्रत्यक्ष र समानुपातिकमा सिफारीस गरीएको एक नेताले जानकारी दिनुभयो । यस्तै प्रदेशको क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ कृष्णबहादुर रोकाय, हर्कसिं खत्री, राजु केसी, ओम केसी र लेखमाया केसीको नाम सिफारीस गरिएको छ भने समानुपातिकमा पूर्व पार्टी सभापति मानबहादुर नेपाली, क्षेत्र नम्बर २ का सभापति धिरेन्द्रकुमार बटाला, मनिषा भण्डारी, जनकुमार बाँठा, यज्ञ परियार र गंगाराम गौतमको नाम सिफारीस गरिएको जिल्ला सभापति ओलीले जानकारी दिनुभयो ।

प्रदेशको क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा तिलकबहादुर भण्डारी, गोरखप्रसाद चन्द, थलबहादुर खड्का र नरजङ्ग ओली र समानुपातिकमा पार्टीका जिल्ला कोषाध्यक्ष कालुराम खड्का (मोहविर), नेविसँघका केन्द्रिय उपाध्यक्ष खड्गबहादुर डाँगी, सिता ओली, भिमबहादुर डाँगी, मोहन प्रकाश आचार्य र दिपेन्द्र पुनको नाम केन्द्रमा सिफारीस गरिएको सभापति बताउनुभयो । यस्तै रुकुम पुर्वमा सर्वसम्मत रूपमा उम्मेदवारी सिफारिस गरेको छ । प्रतिनिधिसभाका प्रत्यक्षका लागी हरीशंकर घर्ती तथा समानुपातिकमा केसरमान रोका र प्रदेश सभा अन्र्तगत क्षेत्र नं १ मा ध्वरुव पुन मगर तथा समानुपातिकमा कुसुमदेवी थापा, क्षेत्र नं २ बाट प्रत्यक्षमा दत्तबहादुर बस्नेत र समानुपातिकमा सविता बिसीलाई सिफारिस गरेको कांग्रेस रुकुम पुर्वले जनाएको छ ।

यसै गरी नेकपा एमाले पश्चिम रुकुमले प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि १९ जनाको नाम सिफारिस गरेको छ । सदरमुकाम मुसिकोटमा सम्पन्न जिल्ला कमिटिको पुर्ण बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । प्रतिनीधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नन्दराम देवकोटा, विद्यापति रिजाल र नारायण कुमार शाहलाई सिफारिस गरिएको पार्टी अध्यक्ष बिमलकुमार पुनले बताउनुभयो । शाह नेपाल पत्रकार महासंघ रुकुमका पुर्व सभापति हुनुहुन्छ । समानुपातिक तर्फ तिर्था गौतम, बिमलकुमार पुन र सुरज कुमार परियारको नाम सिफारिस गरिएको छ । बैठकले प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ठगेन्द्र प्रकाश पुरी, माधव गौतम र डिला चन्दको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ देवीओली, चन्द्र विक र गणेश केसीलाई सिफारिस गरिएको एमाले पश्चिम रुकुमले जनाएको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ धनराज खड्का, पुस्तक चन्द र टेका रानाको नाम सिफरिस गरिएको छ । समानुपातिक तर्फ रिखि प्रसाद जैसी, कल्याणी खड्का, मनवीर घर्ती र खडक बहादुर बस्त्राकारलाई सिफारिस गरिएको अध्यक्ष बिमलकुमार पुनले जानकारी दिनुभयो । यसैबिच एमाले पुर्वी रुकुमले पनि केही दिन अघिमात्र प्रतिनीधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । त्यस्तै एमाले पूर्व रुकुम जिल्ला कमिटीले पनि आसन्न प्रतिनिधिसभा र प्रदेश सभाका लागि आकांक्षी उम्मेदवारको सूची तयार गरी सिफारिस गरेको जनाएको छ । सदरमुकाम रुकुमकोटमा बसेको जिल्ला कमिटी बैठकले प्रत्यक्ष र समानुपातिक तर्फ गरी जम्मा १२ जनाको नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटी संयोजक सतमान पुन मगरका अनुसार टोपबहादुर ओली, मोहन केसी र नुमेन्द्रा खड्काको नाम प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने समानुपातिक तर्फ खेममान खड्का, नन्दलाल शर्मा र राजिमाया पुनको नाम सिफरिसमा परेको छ । पूर्व रुकुमबाट निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभाका लागि प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद पुन मगरको नाम मात्रै सिफारिस गरिएको छ भने समानुपातिकमा सतमान पुन, आशा स्वर्णकार र मस्त समालको नाम सिफारिस गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र नं । २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ टीकाराम उपाध्याय र समानुपातिक तर्फ फत्ते ओलीको नाम सिफरिस गरी पठाएको छ । माओवादी केन्द्र, नयाँशक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले उम्मेदवारको नाम केही दिन अघि सिफारिस गरि सकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्