महिलाले गर्भनिरोधक सुविधा नपाउने !



अमेरिकामा ट्रम्प प्रशासनले महिलालाई निःशुल्क गर्भनिरोधक सुविधा प्रदान गर्दै आएको नियममा परिवर्तन गरेको छ । यो परिवर्तनको असर लगभग ६ करोड महिलामा हुनेछ ।

अमेरिकाको स्वास्थ्य विभागले कम्पनीका मालिक र इन्स्योरेन्स कम्पनी अब आफ्ना महिला कर्मचारीलाई निःशुल्क गर्भनिरोधक प्रदान गर्नका लागि बाध्य नहुने बताएको छ ।

ओबामा प्रशासनको यो नियम अनुसार कम्पनीले महिलालाई निःशुल्क गर्भ निरोधक प्रदान गर्नुपर्दथ्यो । ट्रम्प प्रशासनले नियममा परिवर्तन हुँदा पनि यसका लागि धेरैजसो महिलाको पहुँच हुनेछ ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा यो नियमलाई समाप्त गर्ने बाचा गरेका थिए । अमेरिकाको सिभिल लिबर्टिज यूनियन र नेशनल वूमन ल सेन्टरले नियममा यस्तो परिवर्तनलाई कानूनी चुनौती दिने बताएका छन् ।

सिनेटर म्यागी हसले ट्वीट गर्र्दै भनिन्, ‘जनवरीमा दसौं लाख महिलाले सडकमा आफ्नो आवाज बलियो बनाएका थिए । उनीहरु यस्ता महिला विरोधी नितिका लागि आवाज उठाउनेछन् ।’

ट्रम्प प्रशासनको निर्णयको बचाउ गर्दै ह्वाइट हाउसकी प्रेस सचिव साराह सेन्डर्सले भनिन्, ‘राष्ट्रपति ट्रम्पले यसबारे भएको पहिलो संशोधन र धर्मको अधिकारको समर्थन गरे । मैले बुझ्न सकेको छैन कि यो किन मुद्दा बनिरहेको छ । सर्वोच्च अदालतले पनि यो निर्णयलाई बैध बताएको छ ।

राष्ट्रपति ट्रम्प यस्ता व्यक्ति हुन् जो संविधानमा विश्वास गर्दछन् । यदि मानिसहरुलाई संविधानको कुनै कुरा मन परिरहेको छैन भने उनीहरुले कांग्रेसमार्फत त्यसलाई परिवर्तन गर्नका लागि आग्रह गरुन् ।’

कांग्रेसमा वरिष्ठ रिपब्लिकन नेता सदनका अध्यक्ष पल रायनले यो निर्णयको तारिफ गर्दै यसलाई धार्मिक स्वतन्त्रताका लागि ऐतिहासिक दिन बताएका छन् ।

किन लिइयो यस्तो निर्णय ?

नियममा परिवर्तनको घोषणा गर्दै स्वास्थ्य विभागले गर्भनिरोधकसम्म सहज पहुँचका कारण मानिसहरु सेक्सको क्रममा जोखिम उठाइरहेका छन् भन्दै एक शोधलाई उद्धृत गरेको छ ।

स्वास्थ्य विभागले नियममा परिवर्तनका कारण लाखौं महिलाको गर्भनिरोधकसम्म पहुँच खोसिएको भन्ने रिपोर्टलाई पनि अस्विकार गरेको छ ।

महिलामाथि हमला ?

राष्ट्रपतिका विरोधी यसलाई महिला अधिकारमाथि हमला मानिरहेका छन् । अमेरिकामा गर्भनिरोधकलाई थुप्रै कारणले प्रयोग गरिन्छ । नचाहेको गर्भ रोक्नु त्यसमध्येको एक हो । यसको प्रयोग एन्डोमेट्रियोसिस वा पोलिसिस्टक ओभेरियन सिन्ड्रोमजस्ता रोगको उपचारका लागि पनि गर्न सकिन्छ ।

द अमेरिकन कांग्रेस अफ अब्स्टेट्रीसियन्स एण्ड गायनेकोलोजिस्ट्सले यसको कडा विरोध गरेको छ । संगठनका अनुसार उक्त निर्णयले बिरामीको हितलाई प्रभावित हुने जसको असर महिलाको स्वास्थ्यमा हुनेछ ।

न्यूयोर्कमा बीबीसी संवाददाता नादा तौफीकका अनुसार ट्रम्पको महिलाको शरिर र स्वास्थ्यमा राजनीतिकरण गरेको भन्दै आलोचना भइरहेको छ ।

बिबिसी

प्रतिक्रिया दिनुहोस्