स्थगित अनसन फेरि सुरु गर्दै डा.केसी



नेपाल समाचारपत्र, काठमाडौ ।

दशैंका बेलामा स्थगित भएको डा.गोविन्द केसीको आमरण अनसन आजबाट पुनः सुरु हुने भएको छ ।अनसन बिहिबार अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् ।

 

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा.केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरेका थिए ।

त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । त्यस अनुसार उनी अनसन बस्न लागेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्