हेटौंडा नचाए सुगम पोखरेलले



हेटौंडा, (नेस)। वडादशैं र तिहारको शुभकामनासहित लायन्स र लियोको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले हेटौंडामा गरिएको सांगीतिक कार्यक्रममा हेटौंडेलीहरु छमछमी नाचेर रमाए।

लोकप्रिय गायक सुगम पोखरेल, नेपाल आइडलकी प्रतिष्पर्धी हेटौंडेली विद्या तिवारी, हेटौंडेली गायक अनराज तामाङ, राहुल श्रेष्ठलगायतले गीत प्रस्तुत गरेर हेटौंडेलीलाई नचाएका हुन्।

लायन्स क्लब अफ हेटौंडा स”र्योदय र लियो क्लव अफ मकवानपुर युथले सुगम पोखरेल साँझ तथा सम्मान कार्यक्रम गरी हेटौंडेलीलाई नचाएका हुन्। कार्यक्रममा गायक पोखरेलले झिल्के, लखरलखर, कसम हो कसम, वर्षमा दिनमा लैलै, मेरो एउटा साथी छलगायत गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्