के निर्णय गर्ला कांग्रेस कार्यसम्पादन समितिको बैठकले ?



नेपाल समाचारपत्र, काठमाडौ ।

वाम ध्रुवीकरणपछि उत्पन्न परिस्थिति र पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कंग्रेसले बुधबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा एमाले र माओवादी केन्द्रबीचको सहकार्यपछि अब कसरी अघि बढने भन्नेबारे छलफल भइरहेको पार्टीले जनाएको छ ।

बैठकमा मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अन्य दलसंगको तालमेल र सरकारको आगामी भुमिकाबारे पनि छलफल हुने बताइएको छ ।

बैठकले एमाले र माओवादी केन्द्रबीचको एकताका विषयमा औपचारिक धारणा बाहिर ल्याउने बताइएको छ । यसअघि हिजो बसेको पार्टीको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिसंग एकता गरेर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठकले लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायत दलसंग सहकार्यका लागि अघि बढ्ने निर्णय गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्