वर्षामान पुन रोल्पाबाट चुनाव लड्ने, सभामुख अोनसरी समानुपातिकमा



रोल्पा । आगामी मंसिर १० गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले रोल्पाको उम्मेदवारको टुङ्गो लगाएको छ । रोल्पा जिल्लाबाट केन्द्रीय सरकारको लागि नेकपा (माओवादी केन्द) का प्रभावशाली युवा नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनमगरलाई चुनावी मैदानमा पठाउने भएको छ । यसैगरी रोल्पाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा, युवा नेता कुलप्रसाद केसी क्षेत्र नं. २ बाट नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगर लड्ने भएका छन् । यस्तै समानुपातिक तर्फका लागि केन्द्रीय सांसद्का लागि पूर्व मन्त्री जयपुरी घर्तीमगर, सभामुख ओनसरी घर्तीमगर, प्रदेशका लागि क्षेत्र नं. १ बाट चन्द्रबहादुर बुढामगर ‘शेष’, मिना बुढामगर ‘प्रतीक्षा’, पवन कुमार कवँर, ओमबहादुर पुनमगर, सीता आचार्य, राजकुमार कवँर, इन्द्र बहादुर रोकाको नाम सिफारिश गरिएको छ भने २ नं. निर्वाचन क्षेत्रबाट सुरेन्द्र थापाघर्ती ‘ध्रुव’, तोप बहादुर डाँगी, कर्मलाल परियार, रामधन पुनमगर, हरीसरा घर्तीमगर, भक्तबहादुर वली, काशीराम बुढामगरको नाम सिफारिश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्