१३ जना जुवाडे पक्राउ !



दाङ । प्रहरीले दाङको तुलसीपुरबाट गएराती १३ जना जुवाडे पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका ४ गोझेनामा निराजन केसीको कुखरा फारममा जूवा खेलीरहेका बेला केसी सहित १५ जना पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर ४ का सुनिल डाँगी, सुवास चन्द गणेश गुप्ता, अनिल भण्डारी, शरुण श्रेष्ठ, तुलसीपुर ५ का खिमबहादुर रोका, क्षेत्रप्रकाश वली, रुपक दाहाल, तुलसीपुर ६ का बसन्त श्रेष्ठ, तुलसीपुर ३ का शीबहरी शर्मा,तुलसीपुर ८ का टंकबहादुर विक, तुलसीपुर १० का प्रबेश गुरुङ लाई पक्राउ गरिएको छ ।

उनिहरुको साथबाट प्रहरीले एकलाख १९ हजार चार सय ७० रुपैंया बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई जुवा ऐन अनुसार कार्वाही गर्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्