वीरगन्ज महानगरपालिकामा फोरम विजयी, उपमेयर कांग्रेसकाे पाेल्टामा



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको  मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी  भएका छन्  । फोरमका उम्मेदवार विजयकुमार सरावगीले कांग्रेसका  मेयर उम्मेदवार  अजयकुमार द्धिवेदीलाई १५०० बढी मत अन्तरले हराउँदै विजयी भएका हुन् ।   अहिले मतगणना सकिएको र  आधिकारिक घोषणा गर्न बाँकी रहेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वीरगन्ज महानगरमा ८४३१३ मत खसेको थियो ।  यसैगरी उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेसकी शान्ति कार्की उपमेयरमा विजयी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्