कलैयामा काँग्रेस विजयी



कलैया, ११ असोज (रासस)
यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी हुनुभएको छ ।

काँग्रेसका यादवले १० हजार ९०३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्