म्यानमारमा हिन्दु धर्मावलम्बीको सामूहिक चिहान, हत्याको आरोप मुस्लिम समुदायलाई



नयाँदिल्ली । म्यानमारको रखाइन प्रान्तमा हिन्दु धर्मालम्बीको २८ वटा शवको सामूहिक चिहान फेला परेको बताइएको छ ।
उक्त भेटिएका शवमध्य अधिकांश महिला छन् । उनीहरुको हत्याको आरोप म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायलाई लगाएको छ ।

उक्त सरकारी दाबीको स्वतन्त्र भने पुष्टी भएको छैन । किनभने, रखाइन प्रान्तमा सेनाले बाहिरका बासिन्दालाई प्रवेश निषेध गरेको छ ।
रखाइन प्रान्तमा सेनाले बाहिरका बासिन्दालाई प्रवेश निषेध गरेको कारणले गर्दा उक्त सरकारी दाबीको स्वतन्त्र पुष्टी नभएको सामान्य अनुमान लगाउन सकिन्छ ।

लामो समयदेखि अत्याचार खेपिरहेको रोहिंग्या समुदायका अतिवादी विचारधाराका युवाले खडा गरेको सशस्त्र समूहले एक महिनाअघि सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेको थियो । त्यसयता त्यस क्षेत्रमा सेना परिचालन गरिएको छ ।

उक्त सैनिक अभियानलाई संयुक्त राष्ट्रसंघले ‘जातीय हिंसा’को संज्ञा दिएको छ । सैनिक बर्बरताबाट बच्न त्यस प्रान्तमा बसोबास गर्दै आएका रोहिंग्या मुस्लिम समुदायका चार लाख ४० हजारभन्दा बढी भागेर बंगलादेश पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्