३५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा यसरी दौडिन्छ चीन(फोटोफिचर)



हुवाङ जियाओवाङ,बेइजिङ ।
दक्षिण चीनको गुआंग्शी जुआंग स्वायत्त क्षेत्रको बुलेट रेल, जुन २०१३ मा सञ्चालनमा आएको थियो। चीनले २०१६ को अन्तसम्ममा २२००० किलोमिटर लामो उच्च गतिको रेल नेटवर्क निर्माण गरेको छ । उक्त रेल मार्ग विश्वकै वृहत् उच्च गतिको रेल नेटवर्कको रुपमा स्थापीत हुन पुगेको छ ।
यो विश्वको उच्च गतिको रेल नेटवर्कको ६० प्रतिशत हिस्सा हो र चीनले २०३० सम्म यसलाई विस्तार गरी ४५००० किलोमिटर पुर्याउने लक्ष राखेको बताइएको छ ।

यस्तो रेल नेटर्वकमा उच्च गतिमा चल्ने रेल नयाँ पुस्ताले चढ्न पाउने पक्का भएको छ । उक्त रेल ३५० प्रतिकिलोमिटरको रफ्तारमा चल्नेछ जुन विश्वकै तिब्र गतिमा चल्ने रेल भएको बताइएको छ।

तस्बिरः हुवाङ जियाओवाङ,सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्