राजस्वमा श्रीलालीगुराँस सहकारीको पौने ५ करोड योगदान



 

नेपाल समाचारपत्र
काठमाडौं
श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा ४ करोड ७१ लाख ९९ हजार ९ सय ६४ रुपियाँ राजस्व बुझाएको छ। समग्र सहकारी संस्थामा राजस्वमा योगदान गर्नेमा यस संस्था अग्रणी स्थानमा आउने संस्थाले दाबी गरेको छ।

सहकारीको १९औं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको सहकारीको समग्र विकासको लागि यस संस्थाले आगामी वर्षमा थप नयाँ योजनामा लगानी गर्दै लैजाने संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले बताउनुभयो।

संस्थाले आव २०७२⁄७३ मा ६ करोड ६६ लाख ६९ हजार २ सय १३ खुद नाफा गरेकोमा १६ दशमलव ५७ प्रतिशतले वृद्धिी गर्दै आव २०७३⁄७४ मा ७ करोड ७७ लाख १६ हजार ९ सय ६० रुपियाँ गरेको छ।

यसैगरी कुल कारोबार ६ दशमलव ६७ प्रतिशतले वृद्धि गरी ५ अर्ब २३ लाख ९८ हजार ३ सय ६८ रुपियाँ पुर्याएको छ। संस्थाको निक्षेपतर्फ ६ दशमलव ६७ प्रतिशतले वृद्धि भई ४ अर्ब १८ करोड ५० लाख ५५ हजार २ सय ३१ रुपियाँ पुगेको छ। कर्जा लगानीतर्फ ७ दशमल शून्य दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब १९ करोड २३ लाख ८० हजार ४ सय ३३ रुपियाँ पुगेको छ। शेयर पँुजीतर्फ १८ प्रतिशतले वृद्धि गरी ३७ करोड ५५ लाख २० हजार ९ सय पुर्याएको सहकारीले जनाएको छ।

ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्था २०५६ साल भदौ १८ गते दर्ता भई २०५६ असोज १५ गतेबाट कारोबार शुरू गरेको थियो। संस्थाले श्री लालीगुराँस राष्ट्रिय उच्च मावि⁄कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

त्यसैगरी संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस हस्पिटलमा प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। संस्थाले स्वास्थ्यतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल, शिक्षातर्फ काठमाडौंको नयाँबानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि⁄कलेज, ऊर्जातर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावर, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर तथा जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनीलगायत अन्य संस्थामा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्