प्रभातफेरी सहित मुटु दिबसको समापन



काठमाडौं,
विश्व मुटु दिबसको अबसरमा काठमाडौंमा र्याली निकालीएको छ । नेपाल हार्ट नेट (मुटुजन्य रोग रोकथाम र उपचार गर्ने/गराउने १९ संघ संस्थाहरूको छाता संगठन लगायत बिरामी चिकित्सकसहित नर्भिक इन्टरनेशनल हस्पिटलको संयोजकत्वमा प्रभातफेरि निकालीएको हो ।

प्रभातफेरिे नर्भिकको प्राङ्गणबाट सुरु भई पुल्चोक, मङ्गलबजार, कृष्ण मन्दिर भएर पाटन ढोका हुँदै पुनः नर्भिक पुगेर टुङ्गिएको थियो ।
हार्ट नेटका सदस्य संगठनहरूमध्ये नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल हार्ट फाउण्डेशन, वीर हस्पिटल, कार्डियाक सोसाइटी अफ नेपाल, नेपाल डाइबेटिक सोसाइटी, फ्रेण्डस् अफ ओपन हार्ट, हार्ट क्लब नेपाल, मेडिकेयर हस्पिटल, नेपाल हार्ट क्लिनिक, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, एम्लोड क्लब आदिका सदस्य तथा पदाधिकारीहरू प्रभातफेरिमा सहभागी भएको नर्भिक इन्टरनेशनल अस्पतालका नायव महाप्रबन्धक आर.पी. मैनालीले जानकारी दिनुभयो ।

विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि यो दिबस मनाउन थालिएको हो । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या बढेर २ करोड नाघिसकेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्