कोकाकोलाका विजेता पुरस्कृत



काठमाडौं, (नेस)

कोका–कोला नेपालले यस वर्षको दशैं प्रवद्र्धनात्मक योजनाका भाग्यशाली विजेतालाई उपहार हस्तान्तरण गरेको छ। कम्पनीको योजनाअनुसार योजनामा सहभागीका ३ जना विजेतालाई टिभिएस स्ट्राइकर १२५ सीसी बाईक, ७ जनालाई एलजी एलईडी टिभी प्रदान गरिएको हो।

कम्पनीले यस साता २८ सयभन्दा बढि विजेताको नाम घोषणा गरिसकेको थियो। त्यसमा ७ जनाले टिभिएस स्ट्राइकर १२५ सीसी बाईक, २८ जनाले एलजी एलईडी टिभी तथा २८ सय जनाले मोबाइल रिचार्ज कार्ड जितेका छन्।

भाग्यशाली विजेतालाई कार्यक्रममा बधाई दिँदै गर्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वार्सनेले योयोजना कोकाकोलाले सञ्चालन गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धनात्मक कार्यक्रम भएको जानकारी दिनुभयो। यो अभियानको समाप्तिसँगै १७ हजारभन्दा बढि भाग्यशाली विजेता हुने उहाँ बताउनुभयो। कार्यक्रममा पुरष्कृत एक विजेताले आफ्नो लागि यो निकै ठूलो अवसर रहेको रहेको बताए।

अभियान यहि असोज ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकले आगामी थप ४ सातामा, अझै धेरै टिभिएस स्ट्राइक बाइक, एलजी एलईडी टिभी, तथा मोबाइल फोन रिचार्ज कार्ड जित्न सक्ने बताएको छ।

 

यो अभियानमा सहभागी हुनका लागि उपभोक्ताले लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर त्यसलाई ३७७२२ मा बिहान ११ बजे देखि बेलुकी ७ बजे भित्र एसएमएस गरिसक्नुपर्ने छ। यसरी पठाईएको एसएमएस त्यही दिनको लक्की ड्रमा समावेस हुने छ। पुरस्कार प्राप्त गर्नका लागि ग्राहकले सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्