कान्छा जि.शि.अ. ले ल्याए शैक्षिक सुधारका १० योजना



धनवीर दाहाल, रुकुम ।
देशकै कान्छो जिल्ला शिक्षा अधिकारी रुकुमले पाएको छ । रुकुम जिल्लाबासी भएको र सरकारी जागिरको सुरुवात पनि रुकुम जिल्ला शिक्षा कार्यालयबाटै गरेका कर्णबहादुर कुँवर उमेरको हिसावले अधिराज्यकै कान्छो जिल्ला शिक्षा अधिकारी हुन् ।

२०६८ सालमा रा.प. तृतिय अधिकृत स्तरमा नाम निकालेर जिल्ला शिक्षा कार्यालय रुकुममा बिद्यालय निरिक्षक पदमा काम गरिरहेका उनी रोल्पा जिल्ला शिक्षा कार्यालयमा पनि बिद्यालय निरिक्षकमा पदमा कार्यरत थिए । सोही पदमा कार्यरत हुँदा हुँदै २०७४ साउनमा उपसचिवमा नाम निकाल्दा ३० बर्ष ४ महिना १२ दिनको थिए । कुँवरलाई २०७४ भदौ १२ गते शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय रुकुममा जिल्ला शिक्षा अधिकारीको रुपमा पठाएको हो ।

शैक्षिक समस्यासँग जुधेका उनले रुकुममा जिल्ला शिक्षा अधिकारी भएर कार्यभार सम्हालेपछि जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागी १० योजना अघि सारेका छन् । नेपालसमाचार पत्रसँग कुरा गर्दै जिल्ला शिक्षा अधिकारी कुँवरले रुकुमको शैक्षिक गुणस्तर माथी उकास्नका लागी आफु सबैसँग समन्वय गर्दै अगाडी बढ्ने बताए । उनले रुकुमको सबै भन्दा समस्याको रुपमा रहेको दरबन्दी मिलान र बिद्यालय समायोजन समस्यालाई निबार्चन आचार संहिताले रोकेको बताउँदै आचार संहिता फुकुवा हुन बित्तिकै समाधानका लागी काम थाल्ने बताए । उनको पहिलो योजना दरबन्दी मिलान र बिद्यालय समायोजनको समस्या समाधान गर्ने हो । यो समस्या जसरी पनि समाधान गर्ने बताए ।

जुन अन्य जिल्लामा भइसकेको तर रुकुममा हाल सम्म पनि समाधान हुन नसकेको प्रमुख समस्या हो । दोस्रो योजना भनेको शैक्षिक गुणस्तर सुधार हो । शैक्षिक गुणस्तर सुधारका लागी आधारभुत स्तरको शैक्षिक अभिबृद्धिलाई जोड दिने उनले बताए । उनले “भने कतिपय बिद्यालयमा शिक्षक धेरै बिद्यार्थी थोरै छन् त्यो पनि हल हुन्छ ।” यस्तै आधारभुत तहको १ देखी ५ अन्र्तगत आगामी बर्षदेखी कक्षा १ र आधारभुत तह ६ देखी ८ अन्र्तगत कक्षा ६मा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने जानकारी दिए ।

उनका अनुसार बिशेष गरी बिज्ञान र गणित बिषयलाई अंग्रेजी माध्यमबाट पढाउनमा जोड दिइने छ । निजि र सरकारी बिद्यालयको खाडल कम गर्दै सरकारी बिद्यालयमा अंग्रेजी र निजि बिद्यालयमा नेपाली बिषय कमजोर भएकोले यो समस्यालाई कम गर्न निजि बिद्यालयको सामाजिक बिषयलाई नेपाली माध्यमबाट अध्यापन गराउने व्यवस्था गर्ने योजना रहेको छ ।

यस्तै तेस्रो योजना अन्र्तगत ट्युसन र कोचिंग कक्षा अनाधिकृत रुपमा रहेकालाई बन्द गर्ने तथा आधिकारिक बनाउन पहल गर्ने तथा प्रशासन र स्थानीय तहसँग समन्वय गरी आधिकारिकताका लागी प्रोत्साहन गर्ने रहेको छ । यस्तै एउटा बिद्यालयको बिद्यार्थी अर्काे बिद्यालयमा गएर ट्युसन पढ्न नपाउने,१० देखी ४ बजेको समय बाहेक अरु समयमा मात्र ट्युसन र कोचिंग संचालन गर्न पाउने र जुन बिद्यालयको शिक्षकको त्यस बिद्यालयको बिद्यार्थीलाई मात्र ट्युसन कोचिंग पढाउन पाउने व्यवस्था गरिने छ । यस्तै बिद्यार्थीले एस.इ.इ मा सहभागी हुन ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने छ ।

यसैगरी चौथो योजनामा बिद्यालयहरुमा अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने,मासिक रुपमा अभिभावक भेला गर्ने,शिक्षक अभिभावक संघलाई सक्रिय बनाउने रहेको छ । शैक्षिक गुणस्तर अभिबृद्धिको लागी शिक्षकको क्षमता र सक्रियताको आधारमा अन्तर बिद्यालय सरुवा गरिने जिल्ला शिक्षा अधिकारी कुँवरको पाँचौं योजना रहेको छ ।

छैटौं योजनामा शिक्षा क्षेत्रमा भएका बिकृति र अनियमितता व्यथितीलाई नियन्त्रण गर्दै पारर्दशिता र सदाचारिता कायम गर्ने रहेको छ । यसै गरी शिक्षकको टे«ड युनियन अधिकारको सुनिश्चिता गर्दै कुनै पनि राजनितिक दलको सदस्यता नरहने व्यवस्था गर्न अन्तरपार्टी समन्वय गर्ने सातौं योजना रहेको छ । आठौं योजनामा शिक्षकको निति र नियम बिपरितको काजलाई नियन्त्रण गर्ने रहेको छ । नवौं योजनामा बिद्यालयमा नियमित नहुने, बिद्यालय समयमा माद्यक पदार्थ सेवन गर्ने, पेशागत दायित्वलाई भुलेर व्यक्तिगत फाइदाका लागी सक्रिय रहने शिक्षकलाई नियम अनुसार कार्वाही गरिने रहेको उनले बताए ।

यसै गरी दशौं योजना बिद्यालयको समग्र विकासका लागी स्थानीय तहसँग समन्वय सहकार्य गर्दै सबैलाई आ आफ्नो कर्तव्य, दायित्व सिर्जनाका लागी अपनत्वको भावना जगाउने रहेको छ । जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागी तत्कालका लागी १० वटा योजना कार्यान्वन गरिने उनले दावी गरे । तत्कालका लागी यि योजनालाई कार्यान्वयन गरिने र सबैको समन्वयमा दिर्घकालिन योजना बनाएर अघि बढ्ने कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्