महोत्तरीको जलेश्वरमा स्वतन्त्रले खाता खोल्यो



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको जलेश्वर नगरपालिकाका १२ वडामध्ये जलेश्वर नगरपालिकाका वडा नं. २ मा स्वतन्त्रबाट उठेका वडाअध्यक्षका उम्मेदवारले जित हासिल गर्दै जलेश्वरमा पहिलो स्वतन्त्र उम्मेदवारले खाता खोलेको छ । जलेश्वर नगरपालिकाको वडा नं. २ बाट स्वतन्त्रबाट वरुण कुमार दाहाल धुपदानी छापबाट उठी जित हासिल गर्दै खाता खोलेको छ ।
जलेश्वर नगरपालिका वडा नं. २ बाट उठेका स्वतन्त्र वडाअध्यक्षका उम्मेदवार वरुण कुमार दाहालले दुई सय ९० मत ल्याई विजयी हासिल गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका वडाअध्यक्षका उम्मेदवार शिवचन्द्र चौधरीले दुई सय ५७ मत ल्याएको छ ।

स्वतन्त्रबाट उठेका दाहालले लोकतान्त्रिक फोरमका उम्मेदवार चौधरीभन्दा ३३ मत बढी ल्याउँदै जित हासिल गरि जलेश्वरमा पहिलो स्वतन्त्र वडाअध्यक्ष विजयी भएको हो । स्वतन्त्रका वडाअध्यक्षका उम्मेदवार दाहालले आफूलाई कुनै पार्टीले टिकट नदिएपछि बाध्यवश आफू स्वतन्त्रबाट उठेको बताउदै यो जित मेरो नभई सम्पूर्ण जनताको जित हो भनी जानकारी गराए ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका वडा नं.२ का महिला सदस्य श्री तारादेवीले २ सय ७२ मत ल्याउँदै जितेको छ । यस्तै दलित महिला सदस्यमा राजपा नेपालका रेणु देवी २ सय ७८ मत ल्याउँदै जित हासिल गरेको छ ।

सोही वडामा सदस्यमा राजपाकै बलविर प्रसादले २ सय ९३ मत ल्याउँदै जितेको छ भने सोही पार्टीकै मेहवुव रेजा राईनले २ सय ८२ मत ल्याउँदै जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।

यसअघि जलेश्वर नगरपालिकामा लोकतान्त्रिक फोरम नेपालले १ नं. वडामा जितेको छ भने राजपा नेपालले वडा नं.३, ११ र १२ मा जित हासिल गरेको छ । यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टीले वडा नं. १० मा जित हासिल गर्दै खाता खोलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्