रौतहटको कटहरियामा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप, एकको मृत्यु



नेपाल समाचारपत्र, रौतहट ।
रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान सामान्य विवादपछि दुई समुहबीच भएको झडपमा परि राजपा नेपालका कार्यकर्ता ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कांग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा अनुठा राय यादव, झुठा यादव, बैजु यादव लगायत रहेका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्