संविधान दिवसमा समाचारपत्रकर्मी सम्मानित



 

नेपाल समाचारपत्रकाभ्रेसंविधान दिवसको अवसर पारी जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोक र उग्रचण्डी सहकारी बनेपाले नेपाल समाचारपत्रकर्मी तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई दोसल्ला, सम्मानपत्रसहित सम्मान गरेको हो।

सञ्चारमाध्यमबाट समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न संघसस्थाले तिमल्सिनालाई सम्मान गर्दै आएका छन्। जिल्लाका उदयमान युवा पत्रकार तिमल्सिनालाई प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा र कारागार प्रमुख महेशकुमार पोखरेलले सम्मान गरेका थिए। उग्रचण्डी सहकारीमा राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद केशव बडाल र संस्थाका अध्यक्ष रत्नकाजी श्रेष्ठले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए।

कारागारमा छमछमीसंविधान दिवसको अवसर पारी जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदी तथा बन्दीहरूको अधिकार प्रर्वद्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। यसअघि गत शुक्रबार मात्रै स्वामी १००८ हरिहरानन्द परमहंस सरस्वती शंखमुलबाट गएको समूहले प्रवचन गराएको कारागार प्रमुख महेशकुमार पोखरेलले जानकारी दिए।

स्थानीय साझेदार सिभिक फोरमले सहयोग गरेको उक्त कार्यक्रममा युरोपियन युनियनले आर्थिक सहयोग गरेको थियो। धुलिखेल कारागारको क्षमता ६० जनाको रहे पनि जेलमा १ सय ३८ थुनुवा र १ सय ६ कैदी गरी २ सय ४४ जना रहेका छन्। सबैभन्दा धेरै जबरजस्ती करणीमा ७४ जना रहेका छन् भने कर्तव्य ज्यानमा ५२ जना रहेका छन्। गर्भपतन, भ्रष्टाचार, अप्राकृतिक बाल यौन दुराचार, गौवध, वन्यजन्तु ऐन, बहुविवाहजस्ता अपराधमा जेल पर्नेपनि छन्।

जिउँदो शहीद सम्मानितसंविधान दिवसको अवसर पारी जिल्ला समन्वय समिति काभ्रेको समन्वयमा जिल्लाका सबै स्थानीय तहमा संविधान दिवस मनाइएको छ। जिल्ला सदरमुकाम धुलिखेल र स्थानीय तहमा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ।

धुलिखेलको सरस्वती बजारबाट शुरू भएको र्यालीमा छमछमी नाचेर संविधान दिवस मनाइएको छ। संविधान दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो। समितिमा स्थानीय तहका प्रमुख⁄उपप्रमुख र कार्यकारी अधिकृत, जिल्ला समन्वय समितिका उपप्रमुख, सदस्य, कार्यालय प्रमुख, पत्रकार महासंघ, नगारिक समाजका प्रतिनिधि सहभागि रहेका छन्।

असोज २ गते साँझदेखि ३ दिनसम्म स्थानीय तह तथा कार्यालयमा दीपावली गरिएको थियो। असोज ३ गते जिल्ला सदरमुकाम धुलिखेलमा भव्य रूपमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। प्रभातफेरी कार्यक्रममा विभिन्न संस्कृति झल्कने बाजागाजासहितको टोली र्यालीमा सहभागी भएका थिए। संविधान दिवसकै अवसरमा जिउँदो शहीद मुकेश कायस्थलाई सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्