आज संविधान दिवसः कहिले बन्लान त सबै कानुन ?



नेपाल समाचारपत्र, काठमाडौं । आज संविधान जारी भएको दुई बर्ष पुगेको छ । संविधानसभाद्वारा संविधान जारी भएको थियो । संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन निर्माणमा भने ढिलाइ भएको छ । संविधानको मौलिक हकअन्तर्गतका २५ प्रावधान कानुन बनेपछि मात्र कार्यान्वयन तहमा जाने उल्लेख छ । संसद्बाट कानुन बनाउन ढिलो होला भनी संविधानमै तीन वर्षको अवधि तोकिएको छ । संविधान जारी भएको दुई बर्ष पुरा भएको अबसरमा राष्ट्रपति विद्यादेवि भन्डारीले शुभकामना सन्देश पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्