दुई राज्यमन्त्री थपिए, मन्त्रिपरिषद् बन्यो ५६ सदस्यीय



नेपाल समाचारपत्र, काठमाडौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज छैटौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट दुई राज्यमन्त्री थप्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

राप्रपा (प्रजातान्त्रिक ) बाट विराज विष्ट विज्ञान प्रविधि राज्यमन्त्री र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका हुन्। उनीहरुलाई प्रधानमन्त्री देउवाले आजै पद तथा गोपनियताको सपथ खुवाएको छ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शर्मा भने पहिलोपटक राज्यमन्त्री भएकी हुन्। योसँगै मन्त्रिपरिषद् ५६ सदस्यीय भएको छ।

प्रतिक्रिया दिनुहोस्