४६ बर्षदेखि सञ्चालित बिमानस्थल कालोपत्रेको काम ३५ प्रतिशत सम्पन्न



रामधन राई,खोटाङ ।
असोज–२, आगामी माघ मसान्तसम्म सम्पन्न गर्ने गरी शुरु गरिएको खोटाङको पहिलो लामिडाडाँ बिमानस्थल कालोपत्रेको काम ३५ प्रतिशत सम्पन्न भएको छ ।

ठेकेदार कम्पनी वाइएएन–एसएपी–सुर्यकन्ट्रक्सन जेभीले २०७३ साल मंसिरमा सम्झौता गरेको बिमानस्थल कालोपत्रेका लागि हालसम्म धावनमार्ग कटिङ, फिलिङ, रिटनिङ वाल निर्माण र ड्रेन राख्ने लगायतका काम सकिएको छ । वि.सं. २०२८ सालबाट सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखबाट सुरु गरिएको हो ।

नेपाल नागरिक उड्यान प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार ८ सय ९ रुपैयाँको लगानीमा शुरु गरिएको कालोपत्रेका लागि हाल सव–बेस उत्पादनको चरणमा रहेको आयोजनाका प्रमुख ईन्जिनीयर विनेश मुनकर्मीको भनाई छ ।

छिमेकी जिल्ला ओखलढुंगाका स्थानीयले समेत सेवा लिने गरेका उक्त बिमानस्थल कालोपत्रे हुन थालेपछि स्थानिय हर्षित बनेका छन् ।

जिल्लामा उक्त लामिडाँडासहित थामखर्क र मनमाया राई खानिडाँडा विमानस्थल छन् ।

प्रतिक्रिया दिनुहोस्