‘युवा लक्षित जुत्ता उत्पादन गर्दै आएका छौं’



प्रशन्न गौतम
प्रबन्ध निर्देशक, क्यालिबर सुज

केडी कम्पनीको नाममा बुवाले २० वर्षअघि सानो कारखानबाट शुरू गर्नुभएको जुत्ता उत्पादनलाई नयाँ सोचका साथ अगाडि बडाउने योजनासहित प्रशन्न गौतम लाग्नुभएको छ। सानैबाट जुत्ताको नयाँ–नयाँ स्टाइल खोजी गर्ने गौतम यही जिज्ञासाले गर्दा यस व्यवसायमा लाग्नुभएको हो। बुवाको व्यावसायलाई नयाँ विचारका साथ गौतमले ९ वर्षदेखि व्यवसाय सम्हाल्दै आउनुभएको छ। क्यालिबर कम्पनीले विषेश गरेर युवालाई लक्ष्य गरेर जुत्ता उत्पादन गर्दै आएको छ। प्रस्तुत छ– नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गौतमसँग गर्नुभएको कुराकानी।

क्यालिबर जुत्ताको बारेमा संक्षिप्त जानकारी दिनुहोस् न ?

क्यालिबर केडी कम्पनीबाट उत्पादित जुत्ता हो। उत्पादनको दुई वर्षमा नै क्यालिबरले धेरै बजार ओगटी सकेको छ। हामीले सोसल मिडियामार्फत् उत्पादनको बजार प्रमोसन गरिरहेका छौं। नयाँ सोच, नयाँ जाँगर र नयाँ स्टाइलका जुत्ता कम्पनीले उत्पादन गरेको भएर बजारमा उपभोत्ताले रुचाएका छन्।

जुत्ताको कच्चा पदार्थ तथा प्रविधि कस्तो छ त ?

राम्रो कच्चा पदार्थ प्रयोग गरेका कारण नै क्यालिबर सुजको बजारमा धेरै माग रहेको छ। चीनबाट आयात भएको कच्चा पदार्थ र नेपालकै नयाँ सोच र नयाँ प्रविधि तथा डिजाइनसहित कम्पनीले जुत्ता उत्पादन गर्दै आएको छ।

अरू भन्दा क्यालिबरमा के फरक छ ?

क्यालिबरका जुत्ता अरू कमपनीका जुत्ताभन्दा बलियो, सस्तो र राम्रो रहेको छ । अरू कम्पनीभन्दा हामी फरक तरिकाले जुत्ता बनाउछौं। हाम्रा कालीगढ अनुभवी हुनुहुन्छ। हाम्रा धेरै उत्पादन युवा लक्षित छ भने कार्यालयमा प्रयोगलाई समेत फोकस गरेका छौं।

क्यालिबरका अन्य विशेषता के छन् ?

क्यालिबर अरूभन्दा आर्कषक र भरपर्दो छ। अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका डिजाइनलाई समेटेर हामीले नयाँ स्टाइलका साथ जुत्ता उत्पादन गरेका छौं। क्यालिबर लगाउन सजिलो छ, युवालाई ड्रेस अनुसारको जुत्ता उत्पादन गरेका छौं। जुत्तामा हलुका र रबरको सोल प्रयोग गरेका छौं। हाम्रो विषेश ध्यान गुणस्तरमा रहेको छ।

क्यालिबरको मूल्य चाहिँ कस्तो छ नि ? 

हाल कम्पनी शुरूवाती चरणमा नै रहेका कारण जुत्ताको मूल्य १ हजार ५ सय ५० रुपियाँदेखि ३ हजार रुपियाँसम्म रहेको छ। कम्पनीले चाँडै नै अझ राम्रो र महंँगो जुत्ता समेत उत्पादन गर्ने योजना छ। हामी एकदमै थोरै मुनाफा राखेर बिक्री गर्दै आएका छौं।

क्यालिबरको बजारको अवस्था कस्तो छ ?

हामीले बजारमा माग अनुसार उत्पादन गर्दै आएका छौं। ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको अवस्थामा अझ परिस्कृत गर्दै उत्पादन गर्ने योजना बनाएका छौं।

हामीले हाल ९० भन्दा बढी डिलरबाट बिक्री वितरण गर्दै आएका छौं। क्यालिबर सुजको माग दिन प्रतिदिन बढ्दो छ। त्यसकारण हामीले थप कामदार थपेर उत्पादन गर्ने योजना बनाएका छौं। केही समयभित्रै नेपालभर हाम्रा १ सय ५० डिलर पुग्ने छन्।

प्रचार–प्रसार के कस्तो रहेको छ ?

प्रचार–प्रसारको क्रममा हामीले हाम्रो सि लोगो प्रयोग गरेका छौं। हाम्रा सबै उत्पादनमा एउटै तथा उत्कृष्ट गुणस्तर रहेको छ। ग्राहकको सन्तुष्टि नै हाम्रो खुशी हो। सबैले हाम्रो यो सोच जानुन् भनेर हाम्रो विज्ञापन दिएका छौं। हामीले युवाको पहिरन अनुसारको जुत्ता उत्पादन गर्दै आएका छौं। उदाहरणका लागि जस्तै बजार अनुगमन गरेर कम्पनीले पार्टी, स्पोर्टस् कार्यालयमा प्रयोग हुने तथा बुट जुत्ता उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्