भालुको आक्रमणबाट गम्भिर घाईते



विमल विष्ट,डोटी ।
डोटीमा जंगली भालुको आक्रममा परि एकजना गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको पुर्विचौकी गाउपालिका ७ पोखरी बस्ने बर्ष ७५ को जयबहादुर खड्कालाई जंगली भालुले आक्रमण गर्दा गम्भिर घाईते भएका छन् ।

घरमा बसीरहेको अवस्थामा जंगली भालुले उहाँलाई आक्रमण गरी घाईते बनाएको हो ।
घाईते खड्काको टाउको तथा पिठिउमा गहिरो घाउ बनाएको र उहाँको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्