भक्तपुर,  चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ ।

नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएलगत्तै उपचारार्थ मध्यपुर अस्पताल लगिएकमा उपचारकै क्रममा उनको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

यसैबीच प्रहरीले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजाको बोट आज नष्ट गरेको छ । सार्वजनिकस्थानमा उम्रिएका गाँजा लिन युवा आउने जाने गर्न थालेपछि ३९ जनाको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो ।

प्रहरीले चाँगुनारायण नगरपालिका– ९ स्थित खावा र ढुवाल गाउँ तथा मध्यपुर थिमि नगरपालिका– १ लोकन्थली मनोहराबाट नीलोपुल हुँदै हनुमन्ते खोला दोभानसम्म करिब दुई हजार गाँजा बोट फँडानी गरेको प्रसार्इंले जानकारी दिनुभयो ।
रासस

LEAVE A REPLY