यतीको दोस्रो एटीआर विमान आयो



काठमाडौं, (नेस)
यती एयरलाइन्सले ट्विन इन्जिन एटीआर ७२–५०० सेवा थप विस्तारित गर्ने एमएसएन (म्यान फ्याक्चरिङ सिरियल नम्बर) ७४९ एटीआर जहाज शुक्रबार काठमाडौं अवतरण गरेको छ।
एटीआर ७२–५०० फ्रेन्च–इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो। एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दुई वटा प्राट एन्ड हिवट्ने पीडब्ल्यु १२७ इन्जिन छ।

एयर न्युजील्यान्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मालिन्डोलगायत एटीआर ७२–५०० विमानका विश्वव्यापीरूपमा परिचित हवाई सेवा प्रदायक हुन्।

एटीआर ७२–५०० नोर्डिक एभिएसन क्यापिटल एनएसीवाट वित्तीय सेवाअन्तर्गत खरिद गरिएको हो। ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको छ।

एनएसीको हालका ३ सय ५० भन्दा बढी स्वामित्व प्राप्त र ३० व्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्यास ८, सीआरजे ९००, सीआरजे १०००, सीएस ३००, ई १७०, ई १७५, ई १९० र ई १९५ पर्छन्। एटीआर र बम्बारडियर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त कम्पनीका रूपमा परिचित छ।

कम्पनीले एटीआर विमानबाट भद्रपुर, भैरहवा, विराटनगर र नेपालगन्जलगायतका तराईका क्षेत्रमा उडान भर्ने छन् जनाएको छ।

प्रतिक्रिया दिनुहोस्