शिलुले ल्याईन दशैंमा अर्को धमाका



गुल्मीकि गायिका शिलु भटट्राईले दशैंको कोशेली स्वरुप नयाँ गीत बजारमा ल्याएकी छन् । दशै आयो दशै आयो गुर्दौली फुल्यो मखमली फुल्यो बोलमा सजिएको यो गीत उनले बुधबार बजारमा सार्वजनिक गरेकी हुन ।

गीतमा दशैका मौलिक भाकाहरु समाबेश छन् । सो गीतमा शीलुसंगै गायक कुलेन्द्र बिश्वकर्माले आवाज भरेका छन । शिब हमालको लय शब्दमा रहेको गीतलाई बिन्दबासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।

यस अघि बालुमै नामक तिज गीत बजारमा ल्याएर चर्र्चा बटुलेकी शिलुले अहिले फेरी दशैंको गीत बजारमा ल्याएकी हुन । उक्त गीतको म्युजिक भिडियोमा मोडेल सुमन पौडेल र गिता केसी रहेका छन ।

शिब हमालको लय शब्दले सजिएको यस गीतको म्युजिक भिडियोलाई बिष्णु भट्टराईले निर्देशन, छायांकन तथा सम्पादन गरेका छन् ।

हेर्नुस यस्तो छ भिडीयो

प्रतिक्रिया दिनुहोस्