सेनाले गर्यो सडक मर्मत



 

काठमाडौं, (नेस)
महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित ८ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरु मरमत कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ। आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचनका क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले मरर्मत तथा स्तरोन्नति गर्ने बुधबार सम्पन्न गरेको छ।

नेपाली सेनाबाट मर्मत तथा स्तरोन्नति गर्ने काम भदौ १२ गतेदेखि सैनिक टोलीहरुले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तर, धनुषा, सिरहा र सप्तरीमा सडक मर्मत तथा स्तरोन्नति गरेको हो। प्रदेश नम्बर २ को ८ वटा जिल्लामा सडक, पुल र कल्भर्ट मर्मत तथा स्तरोन्नति गर्ने कार्यका लागि खटिएको सैनिक टोलीले ४०.६८ किलो मिटर सडक, ३ वटा पुल र २१ वटा कल्भर्टहरु मर्मत तथा स्तरोन्नति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्