मुद्दा हारेपछि राजीनामा दिए डीआईजी नवराज सिलवालले (विज्ञप्ती सहित)



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल प्रहरीका डीआइजी नवराज सिलवालले मुद्दा हारेपछि राजीनामा दिएका छन ।  डीआईजी नवराज सिलवालले मंगलबार साबेलुका राजीनामा दिएका हुन् ।

प्रहरी महानिरीक्षक हुन पाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएसँगै सिलवालले डीआइजी पदबाट राजीनामा दिएका हुन् । नैितकताका अाधारमा राजीनामा दिएकाे बताइएकाे छ । उनको ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी हुँदा उनले मुद्दा हारेपछि राजीनामा दिएका हुन ।

वरियता क्रमअनुसार आफूलाई आइजिपी हुनबाट वञ्चित गरेको भन्दै सिलवालले सर्वोच्च अदलातमा रिट दायर गरेका थिए । तर अदालतले सरकारले नियुक्त गरेका प्रकाश अर्यालको नियुक्ति कानूनसम्मत रहेको फैसला गरेपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका हुन् ।

डिआइजी सिलवालको यसअघि बढुवासमेत रोकिएको थियो । उनी एआइजी बन्न नपाई अवकाश प्राप्त हुने तयारीमा रहेकै बेला मंगलबार जागिर छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्