५० करोडको कुकुर यस्तो



एजेन्सी । मानिसले कुकुरपाल्न थालेको शताब्दीऔंदेखि हो । कुकुर मानिसको एउटा असल साथी पनि हो । आजकाल भने सौखको लागि सहर–बजारतिर कुकुर पाल्ने चलन चलेको छ । एउटा कुकुरको मूल्य कति पर्छ होला, ५ हजार, १० हजार वा २० हजार र रु तर, संसारमा यस्तो कुकुर पनि छ, जसलाई ५० करोडसम्म पर्छ । ‘तिबेतियन मस्टिफ’ नाम गरेको कुकुरको मूल्य २५ देखि ५० करोड रुपैयाँसम्म पर्छ । यो मूल्यमा त एक सानो हवाई जहाज नै किन्न सकिन्छ नि । यस्तो कुकुर प्रायः चीनमा लिलामीमा किन्न पाइन्छ । यो कुकुर किन्न जति महँगो छ, यसलाई पाल्न त्यत्ति नै गाह्रो रहेको बताइन्छ । यस्तो कुकुरका लागि खाना भने प्रायः जर्मन तथा इरानबाट झिकाइने गरिन्छ । यसलाई २५ घन्टा एसीमा राख्नुपर्छ र १५ दिनमा स्पा गराउनुपर्छ । यति सेवा र सुविधा त मानिसले मानिसकै लागि पनि गर्दैन होला ? तर, कुकुरका लागि कसरी सम्भ होला ?

प्रतिक्रिया दिनुहोस्