मंसिरमा माइ लभ



 

जापानी निर्देशक डा. तोसिआकी ईतोद्वारा निर्देशित फिल्म माइ लभ (प्रमिस फर काठमाडौं) आगामी मंसिर १५ गतेबाट देशव्यापी रूपमा रिलिज हुने भएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म मंसिरमा रिलिज हुने जानकारी गराइएको हो।

वैशाख १२ गतेको विनाशकारी भूकम्पको सेरोफेरो र भूकम्पका बेलामा मानिसमा देखिएका संवेदना र माया प्रेममा आधारित फिल्ममा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका र थामिया मोतो तथा नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी हिं, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्