पहिलोपटक विद्युतीय भुक्तानी प्रणालीको शुरूवात



 

नेपाल समाचारपत्र
काठमाडौं
नबिल बैंकले विद्युतीय कारोबारमा सहजीकरण गर्ने विद्युतीय भुक्तानी प्रणाली शुरूवात गरेको छ। बैंकको नेपालमै पहिलोपटक थ्रिडी सुरक्षित वातावरणमा विद्युतीय कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले गर्नुभएको हो।

इलेक्ट्रोनिक पेमेन्ट गेटवेको शुरूआतसँगै अब नेपाली व्यवसायीले नेपाल तथा विदेशमा जारी गरिएका भिसा, मास्टरकार्ड वा युनियन पे इन्टरनेसनल ब्रान्डका कुनै पनि कार्डमार्पmत भुक्तानी स्वीकार गरी वस्तु तथा सेवा सुरक्षित वातावरणमा अनलाइन बिक्री गर्न सक्ने भएका हुन्।

सेवाको उद्घाटन गर्दै गभर्नर डा. नेपालले सरकार र राष्ट्र बैंकको विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यमा बैंकको यस सेवा देशमा डिजिटल बैंकिङ सेवालाई अर्काे स्तरमा प्रवद्र्धन गर्नका लागि कोशेढुं्गा सावित हुने बताउनुभयो।
नेपालका ४० प्रतिशत जनता अझै बैंकिङ च्यानलमा आउन नसकेको बताउँदै उहाँले नयाँ पद्दतिले सबैलाई समेट्ने बताउनुभयो। गभर्नर डा. नेपालले राष्ट्र बैंकले सरकारसँग मिलेर पेमेन्ट गेटवे स्ट्राटेजी बनाइसकेकाले त्यसको कार्यान्वयनमा तत्कालै काम गर्न शुरू गरिने पनि बताउनुभयो। उहाँले राष्ट्र बैंक दुई वर्षदेखि इलेक्ट्रोनिक पेमेन्ट गेटवेका लागि गरिरहेको पनि बताउनुभयो।
उहाँले भन्नुभयो–‘स्वस्थ, राम्रो र आधुनिक भुक्तानी प्रणाली बनाउनु राष्ट्र बैंकको एउटा उद्देश्य रहेकाले अन्यभन्दा एक कदम अगाडि रही यो उद्देश्य हासिल गरेकोमा धन्यवाद दिन चाहन्छु।’ नयाँ भुक्तानी प्रणालीले व्यवसायम नयाँ अवसर समेत सिर्जना गरेको उहाँ दाबी छ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीलाई प्रत्यक्ष सहजीकरण गर्दै यस सेवाले नेपालको निर्यात तथा पर्यटन उद्योगलाई सघन रूपमा प्रवद्र्धन गर्न सहयोग नयाँ सेवाले पुर्याउने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीको दाबी छ। उहाँले नयाँ भुक्तानी प्रणालीले प्रत्यक्ष रूपमा विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउने पनि बताउनुभयो।‘यो सेवाले भुक्तानीको क्षेत्रमा रहेको रिक्ततालाई पूर्ण गर्नेछ र अन्तर्राष्ट्रिय भुक्तानीमा डिजिटल कारोबारको प्रवद्र्धन गर्न सहयोग मात्र नभई आन्तरिक विद्युतीय व्यापार कारोबारलाई समेत सहयोग पुर्याउनेछ।’ जोशीको भनाइ छ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले इलेक्ट्रोनिक पेमेन्ट गेटवेले ई–कमर्सको प्रवद्र्धन गर्ने बताउनुभयो। उहाँले यो नयाँ प्रणाली नेपाल भित्रिनुले जनजीवन अझ सहज हुने बाटो खुलेको दाबी पनि गर्नुभयो। शर्माले सरकारले ई–कमर्सको स्ट्रोटेजी बनाइसकेको तर बाहिर आउन मात्र बाँकी रहेको पनि जानकारी दिनुभयो।

कार्यक्रमका अर्का वक्ता नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्राधिकरणको सन् २०१८ भित्रै १ एमबीपीएसको ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने लक्ष्यले इलेक्ट्रोनिक पेमेन्ट गेटवेको विस्तामा टेवा पुर्याउने बताउनुभयो।

इलेक्ट्रोनिक पेमेन्ट गेटवे सेवामार्फत व्यवसायी र ग्राहकले ई–कमर्स कारोबार घर वा कार्यालयबाटै सुगमरूपमा प्राप्त गरी लाभ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

नबिल बैंकले आर्थिक वर्ष २०७३⁄७४ मा बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड रुपियाँ उच्चतम् मुनाफा गर्न सफल भएको छ। बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ। बैंकको साधारण सभा यही असोज १० गते हुँदैछ।

प्रतिक्रिया दिनुहोस्