फोहोर आजबाट उठ्ने



 

काठमाडौं, (नेस)। काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ। उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो। शनिबार काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठ्ने भएको महानगरपालिकले जनकारी दिएको छ।

ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरूले फोहोर फाल्न अवरोध सृजना गरेका थिए। महानगरपालिकाले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक ५० रुपियाँ दिँदै आएकामा नयाँ आर्थिक वर्षदेखि उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फोहोर फाल्न अवरोध गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्