भिडियोसँगै दीपक



 

दीपक पाठक आँखैमा हो राखौं कि बोलको गीतको म्युजिक भिडियोका साथ प्रस्तुत भएका छन्।
पहिलो एल्बम म आकाश भएको हुन्छुबाट दर्शकस्रोताको मन जित्न सफल पाठक दोस्रो एल्बम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन्। स्टेप वानमा रहेकामध्ये माकुरीले जाल बुने जसरीको भिडियो हालै सार्वजनिक भएको थियो भने आँखैमा हो राखौं किको भिडियो हालै सार्वजनिक भएको हो। आँखैमा हो राखौं कि गीतमा शब्द र संगीत पनि पाठककै छ। गीतमा संगीत संयोजन चन्दु गोर्खालीको छ।

भिडियोमा पुष्प खड्का र वर्षा शिवाकोटीको अभिनय छ। राम श्रेष्ठ र निरज कँडेलले खिचेको यो गीतको भिडियोमा दीपक सिंहको कोरियोग्राफी छ। अनिलकुमार महर्जनले सम्पादन गरेको यो भिडियोलाई सुमन घिमिरेले निर्देशन गरेका छन्।

दीपकले थुप्रै कलेक्नस एल्बमहरूमा स्वर दिएका छन् भने फिल्मी गीत पनि गाएका छन्।

प्रतिक्रिया दिनुहोस्