ट्रान्सन होल्डिङका मोबाइल बजारमा



 

काठमाडौं, (नेस)
मोबाइल उत्पादक एवम् कम्युनिकेसन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङले नेपाली बजारमा (टेक्नो, आईटेल र ओराईमो) गरी तीन वटा ब्रान्डका मोबाइल ल्याएको छ। ट्रान्सन होल्डिङका मोबाइल कम्पनीको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलले बिक्री वितरण गर्नेछ।

बुधबार एक कार्यक्रमका बीच ट्रान्सन होल्डिङका मोबाइल नेपाली बजारमा आधिकारिक रूपमा भित्र्याइएको हो। कम्पनीका अनुसार ओराईमो मोबाइमा १२ महिनाको वारेन्टी र टेक्नोमा १२ महिना तथा थप एक महिनाको वारेन्टी र आईटेलमा १२ महिनाको वारेन्टीका साथै सय दिनको रिप्लेसमेन्ट सुविधा रहेको छ।

ट्रान्सन होल्डिङका मोबाइल नेपाली बजारमा आधिकारिक रूपले भित्र्याउने कार्यक्रममा बोल्दै ट्रान्सन होल्डिङ नेपालका प्रमुख प्रबन्ध निर्देशक मार्कोमाले मोबाइल फोन र एसेसरिजका लागि नेपाल ठूलो सम्भावना रहेको बताउनुभयो। उहाँले ग्राहकको मागलाई अझै पूरा गर्न नसकएको अवस्थामा टेक्नो, आईटेल र ओराईमोलाई लन्च गरेर ग्राहकको चाहनालाई परिपूर्ति गर्न तथा ग्राहकलाई विशिष्ट एवम् अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताउनुभयो।

उक्त कार्यक्रममा महालक्ष्मी मोबाइलका जनरल म्यानेजर सन्तोष भण्डारीले आफ्नो कम्पनीको बजारप्रतिको बुझाइ र विश्वस्तरीय कम्पनीको प्राविधिक विशेषज्ञको सहकार्यलाई आगामी दिनमा नेपाली मोबाइल बजार र ग्राहकको सुविधालाई ध्यानमा राखेर निश्चित रोडम्यापसहित अगाडि बढाइने बताउनुभयो।
भण्डारीले तत्कालै देशका विभिन्न १४ स्थानमा अत्याधुनिक सर्भिस सेन्टर स्थापना गरिने र छिट्टै सर्भिस सेन्टरको संख्या ५० पुर्याउने जानकारी दिनुभयो।

जलविद्युत्मा प्रदेश–४ अब्बल
धन बस्नेत, पोखरा

विद्युत् विकास विभागले जलविद्युत् आयोजनाको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार प्रदेश नं ४ जलविद्युत्मा अरू प्रदेशभन्दा अब्बल देखिएको छ। ४० प्रतिशत हिमनदी यसै क्षेत्रमा पर्छन्। खोलानाला र नदी जलविद्युत् उतपादनको मुख्य स्रोत हुन्।

प्रदेश नं ४ मा ३४ वटा जलविद्युत् आयोजना निर्माणाधनि छन्। जसबाट ६०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुन्छ। आगामी तीन वर्षभित्र ३०० मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रुारणमा जोडिने छ। जलविद्युत्, थर्मल प्लान्ट तथा सोलारबाट गरी ९५८ दशमलव ४२४ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जडान गरिएको छ। एक मेगावाटभन्दा माथिका ६० आयोजनबाट ८९४ दशमलव ३५९ मेगावाट विद्युत उत्पादन भइरहेको छ।। प्रदेश नं ४ मा १५ वटा आयोजन सञ्चालित छन्। कुल उत्पादनको ५२ प्रतिशत हिस्सा यसै क्षेत्रबाट उत्पादन भएको विभागको तथ्यांकले देखाएको छ।

विभागको तथ्यांकअनुसार देशभर १३७ आयोजनमा निर्माणको क्रममा छन्। ती निर्माण पूरा भए ३६८७ दशमलव ९३४ मेगावाट विद्युत् उत्पादन हुन्छ। प्रदेश नं ४ मा एक मेगावाट भन्दा बढीका ३४ वटा आयोजना निर्माणाधीन छन्। एक मेगावाट भन्दा थोरैका चार आयोजना निर्माणकै चरणमा छन्।

गत असार १५ गतेसम्म विभागको रिपोर्ट अनुसार उत्पादन अनुमतिपत्रको लागि ४५ वटा आयोजनाले दरखास्त दिएका छन्। जसबाट ५३८० दशमलव १७५ मेगावाट विद्युत उत्पादन हुने उल्लेख छ। देशमा १६६ आयोजनाले विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिएका छन्। ती आयोजनाबाट ८३७१ दशमलव ०६८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। सर्वेक्षण अनुमति पत्र लिनेमा प्रदेश नं ४ मा ५२ वटा आयोजना छन्। १३७ वटा आयोजनाले सर्वेक्षणको अनुमतिपत्रको लागि दरखास्त दिएको विभागको रिपोर्टमा उल्लेख छ। ती आयोजनाबाट ७९८५ दशमलव ९११ मेगावाट उत्पादन हुने अनुमान गरिएको छ।

प्रदेश नं ४ मा ११ जिल्ला छन्। २४ लाख १३ हजार ९०४ जनसंख्या छ। २१ हजार ५०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। कालीगण्डकीको १४४ मेगावाट र मध्यमस्र्याङदीको ७२ मेगावाट विद्युत परियोजना ठूलामध्येका हुन्। कास्कीमा मात्रै एक दर्जन विद्युत परियोजना सञ्चालन र निर्माणाधीनको अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

पोखरा उद्योग वाणिज्य संघले जाईकाको सहयोगमा कास्कीका नहरबाट विद्युत् उत्पादन गर्न अध्ययन गरेको छ। पोखरा १७ विराटौस्थित विरौटा फाँटलाई सिँचाइ सुविधा पुर्याइरहेको फेवा नहर, मालेपाटनस्थित सेती नहर, पुरुन्चौर र मौजाको नहरबाट बिजुली निकालिने पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो। उहाँका अनुसार विरौटाबाट उत्पादित विजुली राममन्दिरको प्रयोजनलाई उपयोग गरिनेछ। त्यस्तै पुरुन्चौरको भारती भवन उच्चमावि, मौजाको चण्डीका निमावि र मालेपाटन नहरबाट उत्पादन गरिने बिजुली बाराही उच्चमाविको प्रयोजनमा उपयोग गरिनेछ। प्रतिआयोजना १२ लाख रुपियाँ खर्च हुने उहाँले बताउनुभयो। आगामी नोभेम्बर ३ तारिखमा जाईकाले आईबासेई नामक कम्पनीमार्फत नहरबाट बिजुलीको परीक्षण उत्पादन गरिने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्