छुरा प्रहार गरी रकम लुट्ने पक्राउ



 

चरिकोट, २१ भदौ । गत साउनको पहिलो हप्ता दोलखा सदरमुकाम चरिकोटका एक व्यापारीलाई छुरा प्रहार गरी रकम लुट्ने लुटेरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ३ का २० वर्षीय अरुण ठकुरी रहेका छन् । ठकुरीलाई दोलखा प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कालिञ्चोक गाउँपालिका वडा नं ८ स्थायी घर भएका व्यवसायी राजेन्द्र पौडेललाई छुरा प्रहार गरी रु चार लाख २५ हजार लुटेको अभियोगमा ठकुरीलाई पक्राउ गरिएको हो । प्रहरीले ठकुरीसहित तीन जनालाई पक्राउ गरे पनि बाँकी दुई जनाको नाम सार्वजनिक गरेको छैन । नियन्त्रणमा रहेका ठकुरी भने लुटपाट घटनाको मुख्य नाइके भएको दोलखा प्रहरीले जनाएको छ ।

गत साउन ८ गते चरिकोटस्थित होटल रोशीमा खाजा खाइरहेका व्यवसायी पौडेललाई छ÷सात जनाको समूहले छुरा प्रहार गरी नगद लुटेका थिए । प्रहरीले यसअघि सोही घटनामा चरिकोटकै विक्रम नेपालीलाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्