क्यान्सर पीडित गमाललाई २ लाख ९ हजार सहयोग



ज्ञानमणि नेपाल, मकवानपुर

मकवानपुरको चित्लाङका क्यान्सरपीडित सरोजकृष्ण गमाललाई सहयोग गर्नेहरु देखिएका छन् । अहिले सम्म २ लाख ९ हजार रुपैया सहयोग संकलन भएको छ । सरोजकृष्ण गमाल बचाउ अभियान अन्तर्गत उक्त रकम संकलन भएको अभियन्ता रामजी बलामीले जानकारी दिए ।

अभियान अन्तर्गत बज्रबाराही स्थित प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाले २५ हजार रुपैया, चित्लाङ्ग निबासी बाबुकाजी गमालले १० हजार रुपैया, लायन्स क्लव अफ पिस थाहाकी, सृजना कार्कीले ५ हजार रुपैया र इमाडोल ललितपुरका स्थानीयले १६ हजार ६८५ रुपैया सहयोग गरेका छन् ।

मकवानपुर थाहा नगरपलिका १० घर भएका गमालको आर्थिक अबस्था कमजोर भएकाले ४ बर्षकी छोरीलाई बिद्यालयमा भर्ना समेत गर्न पाएका छैनन् । बिगत २ बर्ष देखि छातीको क्यान्सरले पिडित गमालको उपचार गर्न आर्थिक अबस्था कमजोर भएपछि सहयोग संकलन अभियान थालिएको हो । उनको बारेमा गत साउन ३२ गते नेपाल समाचारपत्रमा समाचार छापिए पछि सहयोग जुट्न थालेको हो ।
क्यान्सरपिडित गमाललाई सहयोग गर्न चाहनु हुने हरुले प्रभु बैंकमा अम्बिका गमालको नाममा रहेको खाता नम्वर ००४०१०००९२४७३४०००००१ मा रकम जम्मा गर्न सकिनेछ । साथै भेटेर सहयोग गर्न चाहनु हुन्छ अथवा थप बुझ्न चाहनु हुन्छ भने ९८१४२०६९०४ र ९८४९९३६९६७ नम्वरमा सम्पर्क गर्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्