बृहस्पति क्वार्टरफाइनलमा



 

काठमाडौं, (नेस)
आयोजक बृहस्पति विद्या सदन ‘ए’ बृहस्पति कप अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बृहस्पति ‘ए’ले रिपु मर्दिनीलाई २–१ गोलले पराजित गर्यो। विजयी टिमका लागि कृतक कार्की र शियिम तुलाधरले १–१ गोल गरे। ब्वाइजमै पुष्पसदनले बृहस्पति ‘ए’लाई १–० ले हराउँदै समूह विजेताका रूपमा अन्तिम आठमा पुग्यो। गल्र्समा सेन्ट जेभियर्सले अरूणिमालाई २–१ तथा एलएले विद्या संस्कारलाई ३–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे।

प्रतिक्रिया दिनुहोस्