कोका–कोलाको ‘मन खोलौं कोकसँग’ अभियान



 

काठमाडौं, (नेस)
कोका–कोला नेपालले दशैं र तिहारको अवसरमा ‘मन खोलौं कोकसँग’ अभियान ल्याएको छ। यो अभियान भदौ २० गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ। कोका–कोलाले, ा दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोका साथमा नयाँ प्याक ल्याएको छ, जसमा विभिन्न फरक सम्बन्ध दर्शाउने सन्देशहरू लेखिएका छन्।

यी लेबलहरू नेपालीमा लेखिएका छन, जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरू र परिवारलाई नजिक ल्याउँदै सम्मान गर्दछ। यी प्याकले उपभोक्तालाई आफ्ना मनपर्नेहरूलाई उपहार दिने अवसर सिर्जना गरेको छ जसमा सिर्जनात्मक सन्देशहरू राखिएको छ र विशेष भावनालाई कोकका साथमा बाँड्न सकिन्छ। अभियानको नामले भने जस्तै, यो उत्सवमय मौसममा कोका–कोलाले सबै परिवारका सदस्यलाई कोका–कोलाका साथमा आफ््ना भावना एकआपसमा दर्शाउन र नजिकपना ल्याउन उत्साहित गर्दछ।

कोका–कोला नेपालका देशीय निर्देशक अम्बुज सिंहले भन्नुभयो–‘दशैं, आशिर्वाद दिने र सँगसँगै मनाउने उत्सव हो, कोका–कोलाले उपभोक्ताका साथी र परिवार लाई जोड्न सहयोग गर्दछ। हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मीय सम्बन्धहरूलाई ‘परिवार’ सहित ८ यूनिक लेबलका साथमा खुशीयाली बाँड्दै छौं। यसले हामी प्रत्येकको जीवनलाई प्रभावित गर्ने विशेष सम्बन्धलाई सम्मान गर्न सहयोग गर्दछ। हामी आशा गर्दछौं, हाम्रा उपभोक्ताले आफ्ना मनपर्ने व्यक्तिलाई विशेष सन्देश भएको कोका–कोला उपहारको रूपमा प्रदान गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस्