ओप्पोद्वार पुरस्कार वितरण



 

काठमाडौं, (नेस)
ओप्पोद्वारा बुवाको मुख हेर्ने दिन (कुशे औंसी) को अवसरमा आयोजित ‘ओप्पो फादर्स डे सेल्फी कन्टेष्ट’का विजेतालाई पुरस्कार प्रदान गरेको छ। भदौ ८ देखि १४ गतेसम्म आयोजित उक्त प्रतियोगिताको विजेताका रूपमा बेन्जना कौशिक, निर्मल बोगटी, सूर्य प्रकाश श्रेष्ठ र प्रवेशमान छनोट भएका थिए।

कम्पनीले काठमाडौं सिटी सेन्टरस्थित ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेतालाई गिफ्ट हयम्पर हस्तान्तरण गरेको हो। कार्यक्रममा ओप्पोकोे नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले विजेतालाई पुरस्कार स्वरूप गिफ्ट ह्याम्पर हस्तान्तरण गरेका थिए।‘नेपालमा फेसबुकमार्फत् आयोजित ओप्पोको यो दोस्रो सेल्फी कन्टेष्ट हो।

छ दिनका लागि आयोजित सेल्फी कन्टेष्टअन्तर्गत कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत इच्छुकलाई आफ्ना बुवासंगको उत्कृष्ट सेल्फी कमेन्ट बक्समार्फत् प्रेशित गर्न अनुरोध गरिएको थियो। प्रतियोगितामा ६ सयभन्दा बढीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्